Nepal Bank Limited, Assistant Fourth, First Paper Questions(2079.05.18)

Questions asked in Assistant Fourth In Nepal Bank Examination

Subject: Economy, Banking and Accounting

Paper: First

Time: 2.30 Hr.

Full Marks: 100

Group A

1.नेपाल जस्तो विकासशील देशको लागि सार्वजनिक ऋणको आवश्यकता दर्शाउँदै आन्तरिक र बाह्य ऋणको फाइदा तथा बेफाइदा उल्लेख गर्नुहोस् (Briefly mention the need of Public Debt for the developing country like Nepal. Also, mention the advantages and disadvantages of internal and external debt.) 4+6=10
Nepal Bank Limited (NBL)

2.नेपालको आर्थिक विकासका चुनौतीहरू के के हुन्? नेपाललाई समावेशी तथा दीगो विकासको मार्गमा डोयाउन के- कस्ता उपायहरू अवलम्बन गर्नुपर्ला ? सुझाव दिनुहोस् (What are the challenges of economic development in Nepal? What measures would you suggest to lead Nepal on a path of inclusive and sustainable development?) 5+5=10

3.वित्तीय क्षेत्रको विकासले अर्थतन्त्रको वास्तविक क्षेत्रलाई सघाउँछ। उदाहरणसहित प्रष्ट पार्नुहोस् ("The development of financial sector enhances the real sector of the economy", justify with examples.) 10

4.बैंकिङ्ग प्रणालीमा व्याजदर कसरी निर्धारण हुन्छ? ब्याजदर निर्धारणमा केन्द्रीय बैंकको भूमिका उल्लेख गर्नुहोस् (How is interest rate determined in Banking System? Explain the roles of Central Bank to determine the interest rate.) 5+5=10

5.मौद्रिक नीतिका उद्देश्यहरू के के हुन्? आर्थिक वर्ष २०७९/८० को लागि नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले वित्तीय क्षेत्र सुधार र नियमन सम्बन्धमा गरेको व्यवस्था बुँदागतरूपमा उल्लेख गर्नुहोस् (What are the objectives of Monetary Policy? List out the provisions made in the monetary policy for FY 2079/80 recently issued by Nepal Rastra Bank regarding Financial Sector Reform and Regulation.) 3+7=10 


Group B

6.वाणिज्य बैंकको जोखिम व्यवस्थापन संरचनामा समेट्नुपर्ने विषयहरू के के हुन्? प्रभावकारी जोखिम व्यवस्थापनका लागि जोखिमको वर्गीकरण प्रस्तुत गर्नुहोस् । (What are the matters to be included in the Risk Management structure of commercial bank? illustrate the classification of risks for effective Risk Management.) 5+5=10

7.तरलता अनुपात भन्नाले के बुझ्नुहुन्छ ? कुनै चार वटा तरलता अनुपातको उदाहरणसहित व्याख्या गर्नुहोस् (What do you mean by Liquidity Ratios? Explain any four Liquidity Ratios with examples.)2+8=10

8.दोहोरो लेखाप्रणाली भन्नाले के बुझिन्छ? यसले लेखाप्रणालीको प्रभावकारिता कसरी वृद्धि गराउँदछ ? (What do you understand by Double Entry System? How can it increase the effectiveness of accounting system? Explain.)5+5=10

9.चेकको परिभाषा दिनुहोस् । बैक तथा वित्तीय संस्थाहरूले जारी गर्ने चेकका प्रकारहरू र तिनीहरूको विशेषताको बारेमा उल्लेख गर्नुहोस् (Define Cheque. Explain the types of cheque with their features issued by banks and financial institutions.) 3+3+4=10

10.संगठनमा लेखापरीक्षणको महत्व दर्शाउँदै आन्तरिक र बाह्य लेखापरीक्षणबीच भिन्नता छुट्याउनुहोस् । (Mentioning the importance of audit in an organization, differentiate between internal and external audit.) 3+7=10

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.